प्रतिवादी महादेव महतो नुनिया समेत भएको डाँका, मानव बेचबिखन तथा कर्तब्यज्यान मुद्दामा फरार प्रतिवादी पर्साको साबिक मसिहानी गाबिस–४ बस्ने ३६ वर्षीय मोती महतो कंकरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । अपराधिक दायित्वबाट उन्मुक्ती पाउन स्थान परिवर्तन गर्दै लुकिछिपि बस्दै आएको अवस्थामा खोजतलास गर्दै जाँदा आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।