पर्वत/ हिउँदे बाली लगाउने समयको सुरुवातसँगै बाँदरले आतंक मच्चाउन थालेपछि पर्वतको ग्रामीण भेगका कृषकले हैरानी व्यहोर्न बाध्य भएका छन् । लगाएको खेती उम्रिन नपाउँदै छरेको बीउ बाँदरले खोस्रेर सखाप पारेपछि कृषकहरु समस्यामा परेका हुन् ।
[caption id="attachment_66605" align="aligncenter" width="1280"]
ग्रामीण क्षेत्रका गाउँमा बस्दै आएका नागरिक सुविधाको खोजिमा शहर केन्द्रीत बनेपछि फैलिँदै गएको वन क्षेत्रमा बाँदरको संख्या वृद्धि हुँदै गएको छ । वन क्षेत्रमा बाँदरको वृद्धि बढेपछि अहिले खेतबारीमा लगाएको बाँदरले सखाप पार्न थालेको हो । कृषकहरुले बाँदर धमाउन अनेक जुक्ति अपनाए पनि बाँदरको बालीमा आक्रमण रोकिएको छैन् ।
पर्वतको खौला, आर्थर, ठूलीपोखरी, राम्जा, पकुवालगायतका स्थान र दक्षिणी क्षेत्र रानीपानी, बर्राचौर, भोर्लेलगायतका ठाउँमा बाँदरको आतंक बढी देखिएको छ । ‘मकै लगाएर बीउको गेडो पनि घर भित्र परेन’, भोर्लेका दिननाथ शर्माले भन्नुभयो, ‘अहिले गहुँ छरेर घरमा नफकिँदै बाँदरले बीउ टिपेर खाइसकेको हुन्छ ।’
‘ठूलो सङ्ख्यामा बाँदरको बथान बाली खान आउँछन् उनले भने, ‘कुकुरसहित बाँदरलाई भगाउन गयो भने उल्टै कुकुर र मान्छेलाई नै आक्रमण गर्न खोज्छन ।’ बाँदरले आलुको बीउ समेत खोस्रेर खान थालेपछि आलोपालो ड्युटी बसेरै भए पनि बाली जोगाउन थालिएको भोर्लेकी खैसरी भूसालले बताए ।
जिल्ला कृषि विकास कार्यालयबाट बाली विमाका लागि पहल भए पनि बाँदरको प्रकोपबाट विनास भएको बालीको बिमा नहुने भएकाले बाँदरबाट पीडित कृषकहरुले नष्ट भएको अन्नबालीकोे बिमा गर्नुपर्ने माग गरेका छन् ।