ताप्लेजुङ/ ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले अबको अभियान विकास निर्माण र समृद्धिको अभियान भएको बताए । आईतबार प्रेश चौतारी र प्रेस सेन्टरले सदरमुकाममा आयोजना गरेको संयुक्त शुभकामना तथा पत्रकार संमेलनमा बोल्दै भट्टराईले चुनाव पछि राजनितिक कोर्ष बदलिएकाले अबको लक्ष विकास निर्माण र समृद्धि भएको बताए । सबै राजनितक दल र नेताहरुको केन्द्रिय कार्य दिशा र कार्यभार पनि बदलिएकाले अबका दिनमा सबै जना विकास निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाई थियो । यस अघि विपक्षि दल सँग विभिन्न विषयमा प्रतिस्प्रधा भए पनि अब विकास र संमृद्धिकै प्रतिस्प्रधा हुने बताउँदै उनले नागरीकले पनि अन्य विषयलाई ध्यान नदिने बताए । आफु ताप्लेजुङबाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी हुनुमा नागरीक र सञ्चारकर्मिको प्रमुख हात रहेको बताउँदै उनले जिल्लाको समग्र विकासमा कतिपनि कञ्जुस्याई गर्ने बचन दिए । जिल्लाका सबै राजनितिक दल, सञ्चारकर्मि, कर्मचारी, सुरक्षा निकाय र स्थानिय तहको जनप्रतिनिधि सँग आफु र प्रदेशसभा सदस्य बसेर जिल्लाको विकासका लागि योजना बनाउने र अबको पाँच वर्षमा ताप्लेजुङलाई नमुना जिल्ला बनाउने आफ्नो लक्ष रहेको भट्टराईको भनाई थियो । भट्टराईले भ्रष्टाचार मुक्त जिल्ला आफ्नु पहिलो प्राथमिकता भएकाले भ्रष्टाचार गर्ने र पैसा कमाउने मानसिकता बोकेका कर्मचारी लाई ताप्लेजुङ आउने सपना नदेख्न र भए मानसिकता परीवर्तन नगरे जागिर छाड्न चेतावनि समेत दिए । अबको राजनितिक भविश्य अलि फरक र एमाले सहित बाम गठबन्धका पाटिको परीक्षा पनि भएकाले यो अवसरलाई सदुपयोग गर्दै देश विकासमा अब बन्ने सरकार केन्द्रित रहने भट्टराईको भनाई छ । सडक सञ्जालले सदरमुकाम जेडेमात्र अन्य विकासले पनि गति लिने भएकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता देशभरका सबै जिल्ला सदरमुकाम सम्म कालोपत्रे सहितको सडक पुर्याउने पनि रहेको एमाले सचिव समेत रहेका भट्टराईले उद्घोष गरे । सो शुभकामना तथा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका भट्टराई सहित प्रदेश क बाट विजयी बलबहादुर साम्सोहाङ र ख बाट विजयी टंक आङ्बुहाङको समेत उपस्थिति रहेको थियो ।