उदयपुर / क्षेत्र नम्बर २ को तीनै सिटमा फराकिलो मतान्तरले वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा र दुवै प्रदेशभामा गठबन्धनले जित हात पारेको हो।

माओवादी केन्द्रका सुरेशकुमार राई प्रतिद्वन्द्वी कांग्रेसका नारायणबहादुर कार्कीलाई ७ हजार ९६ मत अन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए। राईले २२ हजार ५ सय ५१ मत पाए भने प्रतिद्वन्द्वी कार्कीले १५ हजार ४ सय ५५ ल्याएको मुख्य निर्वाचन कार्यालय उदयपुरका प्रमुख तेजेन्द्रप्रसाद शर्माले जनाए।
प्रदेशसभा 'क' मा वामगठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार नारायणबहादुर मगर विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भेषबहादुर थापा मगरलाई ३ हजार ९ सय ७८ मतान्तरले हराएका हुन्। नारायणबहादुरले ९ हजार ८ सय ७० मत प्राप्त गरे। भेषबहादुरले ५ हजार ९ सय ३४ मत ल्याए। यस्तै प्रदेशसभा 'ख' मा एमालेकी कला घले विष्टले १३ हजार ४ सय ५६ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९ सय ७४ मत पाएको निर्वाचन कार्यालले जानकारी दिएको छ।