इलाम/ इलामको २ बटै प्रतिनिधीसभामा बाम गठबन्धनले बिजय हासिल गरेको छ । इलाम क्षेत्र नं १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री झलनाथ खनाल १७ हजार १ सय ७० मतका साथ बिजयी बनेका छन । खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले ९ हजार ६ सय ५४ मतान्तरले बिजय हासिल गरे । नेम्वाङले ३६ हजार ५ सय १६ मत प्राप्त गर्दा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता केशव थापाले २६ हजार ८ सय ६० मत प्राप्त गरेका थिए । त्यसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले दोव्वर मतान्तरले चुनावी जितिन । लिम्बुले १८ हजार ६ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देवेन्द्र राईले ९ हजार ३ सय २७ मत मात्र प्राप्त गरे । इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ७ हजार ९ सय ६५ मतान्तरले बिजयी बने । उनले १७ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन । यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम बहादुर मगरले ३ हजार ५ सय ५२ मतान्तरले बिजयी बने । मगरले १९ हजार ८ सय ३८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले १६ हजार २ सय ८६ मत प्राप्त गरेका छन । इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले ३ हजार ५ सय ४ मतान्तरले अग्रता लिइरहेका छन । उनले ११ हजार १ सय ५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ७ हजार ६ सय ५३ मत प्राप्त गरेका छन । इलामको सबै क्षेत्रको मतगणना सकिएपनि निर्वाचन आयोगले  औपचारि घोषणा भने केही बेरमा अुने जनाएको छ ।