उनले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
यद्यपि, मतगणना सकिसकेको छैन । पछिल्लो मतपरिणाम अनुसार कार्कीले ३२ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसका विश्वप्रकाशले ३० हजार २ सय ५४ मत ल्याएका छन् ।
































