धरान/ प्रतिनिधी र प्रदेश सभाका दाेस्राे चरणमा हुन लागेकाे मतदानमा वडा नं ८ स्थित सहिद स्कुल मतदान केन्दबाट २२१ मतदाताले नयाँ परिचय पत्र लिएको छ ।

[caption id="attachment_31461" align="aligncenter" width="550"] फायल[/caption]

धरानको वडा नं ८ स्थित सहिद स्कुल मतदान केन्दबाट १ हजार ९७ मतपरिचय पत्र वितरण भएको छ । जसमध्ये ५६७ पुरुष र ५३० महिला रहेका छन् । सुरक्षालाई ख्यालमा राखी तीन मतदान स्थलमा सिसि क्यामेराको जडान समेत गरिएको छ ।  ३३३ नँया मतदाता मध्ये २२१ मतदाताले मात्रै नयाँ परिचय पत्र लिएको उक्त मतदान स्थलका अधिकृत यज्ञप्रसाद ढकालले बताए । यस केन्द्रमा १६ सुरक्षाकर्मी र २४ कर्मचारी खटिएका छन् । सुरक्षामा कुनै कमि नभएकाले मतदाताहरुले ढुक्कसँग मतदान गर्न ढकालले आग्रह गरे ।