ताप्लेजुङ/ ताप्लेजुङको आठाराई त्रिवेणी गाउँपालिका तीनमा तीन घरमा आगलागि भएको छ ।

[caption id="attachment_47663" align="aligncenter" width="701"] फायल[/caption]

आगलागिबाट साविकको हाङपाङ गाविसका ९ खुवाका रुपनारायण याक्सो, देवमान यक्सो र इन्द्रकुमारी यक्सोको घर पूर्णरुपमा जलेको हाङपाङ रेडक्रसका सभापति नरेन्द्र अधिकारीले बताए । मंगलबार  दिउँसो १ बजेतिर घरमा कोही नभएको समयमा आगलागि हुँदा ४५ लाख बढीको अन्नपात , लत्ताकपडा र कागजपत्रसमेत जलेको उनले जानकारी दिए । घर जलेपछि विस्थापित भएका तीन घरका १८ जना छिमेकी मनकुमार याक्सो र भूपाल यक्सोको घरमा बसेका छन् । अधिकारीका अनुसार पीडिततलाई रेडक्रस हाङपाङ शाखाले प्रतिपरिवार १०—१० किलो चामल, पाल, नुन र तेल तत्कालका लागि राहत उपलब्ध गराएको छ । विद्युत् सर्ट भएर आगलागि भएको हुनसक्ने उनले बताए।