धरान । धरान–७ स्थित परेली होटलमा एक युवती बुधबार विहानै मृत फेला परेकी छिन् ।

युवती होटलको पंखामा झुण्डीएको अवस्थामा फेला परेकी थिइन् । उदयपुर ठोक्सीला घर भई सोही होटलमा कामदारको रुपमा काम गर्ने युवती २४ वर्षकी भावना मगर रहेको प्रहरीले बताएको छ ।

उनीसँगै ठेगाना नखुलेका प्रदिप शंकर नाम गरेका युवक बेलुका सोही कोठमा बसेको होटलकी कर्मचारीलाई उद्धृढ गर्दै प्रहरीले बताएको छ । युवक भने अहिले फरार रहेका छन् उनी विहान करिब ५ बजेतिर होटलको झ्यालबाट भागेको प्रहरीले बताएको छ ।

उनीहरु अघिल्लो बेलुका प्रदिपको बर्थडे बगरकोटमा मनाएर उक्त होटलमा बस्न पुगेको र होटलमा विहान ४ बजेसम्म रक्सी पिएर झगडा गरेको होटलकी कर्मचारीलाई उद्धृढ गर्दै प्रहरीले बताएको छ । युवतीको मृत्यु शंकास्पद भएकोले थप अनुसन्धान भइरहेको जनाइएको छ ।