प्रेम एक सुन्दर भावना हो र यसलाई अनुभव गरेर मात्र बुझिन्छ । तपाईंको मनमा कसैप्रति यस्तो अनुभव पलायो भने तपाईंलाई उसको हरेक कुरा राम्रो लाग्छ । तपाईंले उक्त व्यक्तिलाई जीवनको महत्त्वपूर्ण हिस्सा बनाउनुहुन्छ । उससँग जीवनका हरेक सानाठूला कुरा शेयर गर्न थाल्नुहुन्छ । अनि तपाईंहरू एकअर्काको प्रेममा यसरी डुब्नुहुन्छ कि तपाईं र पार्टनरको उमेरको भिन्नतालाई पनि वास्ता गर्नुहुन्न । हाम्रो समाजमा विवाहका लागि महिलाको उमेर पुरुषको भन्दा सानो हुनुपर्ने मान्यता छ । तर कुनै सम्बन्धमा केटा चाहिँ केटीभन्दा सानो र केटा र केटीबीचको उमेर निकै फरक भयो भने के होला ? धेरैजसो मानिस कुनै व्यक्तिले आफूभन्दा निकै ठूलो उमेरको व्यक्तिलाई बिहे गर्दा पैसा नै कारण भएको मान्छन् । तर वास्तविकता यस्तो नहुन सक्छ । तपाईंको पार्टनरसँग उमेरमा धेरै भिन्नता छ भनेपनि उससँग खुशी हुनुहुन्छ भने समाजको वास्ता गरिरहनुपर्दैन । तर केटा र केटीका बीच उमेरमा धेरै भिन्नता भएमा अनि उनीहरूको मच्योरिटी लेभल बराबर नभएमा सम्बन्धमा तनाव बढ्न सक्छ । पार्टनरका बीच उमेरमा धेरै भिन्नता हुँदा सोचमा अन्तर हुन्छ । यसले परिवारमा पनि असर पार्नसक्छ । उमेरले कुनै पनि सम्बन्धलाई छेक्दैन । प्रेमभन्दा ठूलो कुरा उमेर होइन । एकअर्काको मनमा एकअर्काप्रति प्रेम, विश्वास र सम्मान छ भने तपाईंको सम्बन्धमा तिक्तता आउन पाउँदैन । तपाईं आफू र आफ्नो पार्टनरबीच उमेरको अन्तरलाई निर्णायक बन्न नदिनुस् । बरू आफ्नो सम्बन्धलाई अझ राम्रो बनाउनतिर लाग्नुस् । एजेन्सी