धरान । साविकको विष्णुपादुका र बराह क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु मध्ये वेसारको उत्पादनलाई बढाउन बाम गठवन्धनका सुनसरी क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेद्धवार जय कुमार राईले वेसा उत्पादन गर्ने उद्योग वनाउने प्रतिवद्धता जनाएका छन् । स्थानीय स्तरमा उत्पादन हुने वेसारले अहिले सम्म वजारीकरण हुन नसकेको भन्दै उम्मेद्धवार्रे उद्योग स्थानीय स्तरमा निर्माण गरी उप्पादित वेसारलाई वजार सम्म पु¥याउनु पर्ने पहिलो आवस्यकता भएको बताए ।

उनले उद्योग भएमा स्वरोगार समेत स्थानीयवासी हुने र वैदेशिक रोजगार अन्य कामको लागि भौतारिनु नपर्ने बताए । अहिले सम्म भईरहेका सरकारले कृर्षि क्षेत्रमा गरेको प्रयासलाई निरन्तरता दिदैं अव स्थानीय स्तरमा उद्योग स्थापना गर्न आफ्नो पहल कदमी हुने समेत प्रतिवद्धता जनाए । तर पहिलो चरणमा यहाँको सडकको दुरअवस्थालाई चिर्नका लागि आफुले अव वन्ने प्रदेश सरकार र केन्द्रिय सरकारको समन्वयमा सडक निर्माणलाई पनि पहिलो प्राथमिकतामा राख्ने बताए । उद्योग वनाएपछि उत्पादित वेसारलाई वजार सम्म ल्याउन पनि सडक पहिलो आवस्यकता भएको राईको भनाई छ । त्यसैगरि विष्णुपादुकामा उत्पादन हुने अदुवा , अम्लिसो , अकबरे खुर्सानीको विक्री वितरण स्थानीय स्तरबाट गर्नु पर्ने आवस्यकता रहेको बताए । त्यसका लागि कृषि संकलन केन्द्र पनि निर्माण गर्नु पर्ने राईले बताए । केन्द्रमा संकलन भएको कृषिजन्य वस्तु वजार सम्म ल्याउनका लागि कृषकलाई सहज हुने मात्रै होइन सडक र अन्य सविधा भएपनि नेपाल लगायत भारतका व्यापारी समेत विष्णुपादुका पुग्न सक्ने उनको अनुमान छ । राई भन्छन्‘ मैले जे जति गर्नेछु , कृर्षि क्षेत्रको विकास लागि हो अनि अन्य पुर्वाधार विकासको कुरामा पनि आफ्नो विशेष पहल गर्ने जनाए ।