बेलबारी । मोरङको केराबारी ९ देवीझोडा र कुसुमेमा फेला परेको बमलाई नेपाली सेनाको टोलीले सोमवार विहान डिस्पोज गरेको छ ।देवीझोडा सिरानको जोरधारा देखि दक्षिण पट्टी रुखको फेदमा टिनको वाकसमा रहेको बमलाई नेपाली सेनाको पूर्वी पृतना ईटहरीबाट खटिएको बम डिस्पाजल टोलिले डिस्पोज गरेको हो ।
बाकसमा ५ वटा सकेट र ३ वटा ग्रीनेट बम मेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीय वासिन्दाहरुका अनुसार सो बाकस केहि महिना अगाडि नै त्यहाँ थियो ।
फोहोर फालेको ठाउँमा पैसा भेटिने र केटाकेटीहरु खेल्ने क्रममा देवीझोडा स्थित बुद्ध माध्यामिक विद्यालय विद्यार्थीहरुले बम रहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त ठाउमा भेटिएको संस्कास्पद बस्तुलाई कक्षा ६ मा पढ्ने आषिस तामाङले बम गोजीमा बोकेर कुसुमे स्थित घरमा ल्याएका थिए । उनीहरुले सो बमलाई जंगलको भित्ताको दुलोमा राखिदिएका थिए । वम डिस्पोजल टोलीले उक्त बम पनि डिस्पोज गरेको छ ।
बिद्यार्थी हिड्ने खुल्ला ठाउमा बम भेटिएपछि स्थानियहरुमा त्रास उत्पन्न भएको छ ।बम कसले र किन राखेको हो भन्ने खुल्न सकेको छैन ।