तरहरा(ब्लाष्ट)/गछिया स्थित सुन्दरहरैचा नगरपालीकाको २,३ र ७ वडानम्वरका करीब ३ सय युवा वाम गठबन्धनमा प्रवेश गरेको गठबन्धनले जनाएको छ । नेपाली काग्रेस तथा अन्यपार्टी परित्याग गरी बाम गठबन्धनमा युवाहरु प्रवेश गरेका हुन ।

बद्री राई,विरु लिम्वु ,भुगोल लिम्वु र सरोज राईको नेतृत्वमा रहेको युवाहरुले नेतृत्वमा वाम गठबन्धनमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य वावुकृष्ण दाहालले वताए । उनीहरुलाई मोरगं क्षेत्र नम्वर ६ क का उम्मेदवार जिवन आचार्यले टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

पार्टी प्रवेश गराउँदै जिवन आर्चायले आफु जितको नजिक पुगेको दावी गरेका छन । स्थानीय स्तरमा आफ्नो जनमत बढ्दै गएको भन्दै गठबन्धनबाट आफुले चुनाव जित्ने दावी गरेका छन । आफुलाई आम जनताले विश्वास गरीरहेको भन्दै आफु चुनाव जित्ने पक्का भईसकेको वताए । आफु चुनाव जिते यस क्षेत्रमा विकासको मुल फुटाउँने वताए ।