राजविराज/ सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा मंगलबार शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । अन्दाजी ३०/३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उनले बताए ।

रासस