धरान/म्याद गुज्रिएको औषधि बिक्री वितरण गरेको आरोपमा कृषि विउविजन तथा औषधि बिक्री गर्ने औषधि पसलका सञ्चालकसहित दुई बोरा म्याद नाघेका औषधि तथा विउविजनहरु बरामद गरेको छ । date-expire-agro-medicine वडा प्रहरी कार्यालय धरानका प्रमुख सई जसबहादुर लिम्बूको नेतृत्वको टोलीले छापा मार्दा धरान–३ स्थित माछाभौडीमा रहेको कृषि बाटिका औषधिपसलका सञ्चालक उपेन्द्रप्रसाद साहलाई पक्राउ गरेको हो । उक्त पसलमा राखिएका म्याद गुज्रिएका २ बोरा औषधि तथा विउविजनसमेत बरामद गरिएको छ । एक उपभोक्ताले खरिद गर्ने क्रममा लिएर गएको औषधिमा मिति नाघेको पाइएपछि फिर्ता गर्दा पुनः अर्को औषधि पनि मिति नाघेको भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । उक्त पसल सञ्चालकले भने मिति नाघेको भए पनि फरक नर्पने भन्दै बिक्री गरेको गुनासोका आधारमा छापा मार्दा उक्त सामानसहित सञ्चालकलाई पक्राउ गरिएको सई लिम्बूले बताए । उनले भने, ‘एकजना उपभोक्तालाई मिति नाघेको औषधि बिक्री गरेको रहेछ । फर्केर आएर अर्को हेर्दा पनि मिति नाघेको नै फेला परेपछि पसलेले केही फरक पर्दैन भन्दै भनेछ । उसले हामीकहाँ उजुरी ग¥यो । त्यही आधारमा छापा मार्दा त्यो परिमाण सामान बरामद भयो ।’