विराटनगर/सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रहरीले एक नम्बर प्रदेश स्तरीय सुरक्षा रणनिति बनाएको छ । safety-meeting-biratnagar प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्तवन्त्र, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीले सुरक्षा रणनितिक तयार पारेको हो । विराटनगरमा शनिबार आयोजित एक नम्बर प्रदेश स्तरिय निर्वाचन सुरक्षा गोष्ठिबाट आवश्यक छलफल गरि निर्वाचन सुरक्षामा देखिएका समस्या पहिचान गरि कार्यान्वयनकालागि आवश्यक थप योजना निर्माण गरेको गोष्ठिमा सहभागि एक प्रहरी अधिकृतले बताए । पछिल्लो समय विद्रोहि समूहबाट उम्मेदवारमाथिको आक्रमण बढेपछि प्रहरीले विद्रोही समूह पक्राउ गर्ने पहिलो मिसन बनाएको ती अधिकृतले जानकारी दिए । सुरक्षा गोष्ठिमा गृह मन्त्रालयको सचिव मोहनकृष्ण सापकोटा, नेपाल प्रहरी महानिरीक्षक(आइजिपी) प्रकाश आर्यालसहित, गृहसह–सचिव, क्षेत्रिय प्रशासक, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुसहित एक नम्बर प्रदेशका १४ जिल्लाका सिडिओ, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको सहभागि थियो । सुरक्षा गोष्ठिको उद्घाटन गर्दै गृह सचिब मोहनकृष्ण सापकोटाले परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वतावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । सचिव सापकोटाले स्र्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पुर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । उनले बिश्वका जुनसुकै देशका सुरक्षा योजनामा पनि केही न केही स्रोधसाधनको कमजोरी हुने गरेको बताउँदै प्राप्त अधिकार जिम्मेवार भएर प्रयोग गरेमा सरकारले बनाएको तीन घेरे सुरक्षा योजना पुर्ण सफल हुने बताए । उनले घटना घटेपछि तात्ने भन्दा पनि समस्या पहिचान गरेर समाधान दिने गरि सुरक्षा योजना कार्यान्यवन गर्न आग्रह गरे । उनले भने, ‘जिल्ला तहको टीम अधिकार प्राप्त टीम हो । यसैले खटिएका कर्मचारी, निर्वाचन सामग्री र मतदाताहरुको सुरक्षा गर्ने जिम्मा उसैको हो पन्छिन मिल्दैन ।’ गृहको सह–सचिब निर्मला अधिकारीले स्थानिय तहको निर्वाचन जस्तै प्रतिनिधि र प्रदेश सभाको निर्वाचनपनि शान्तिपूर्ण र भयरहित वातवरणमा सम्पन्न हुने बताइन् । उनले विद्यमान समस्या र चुनौतिको सामाना गर्दै निर्वाचन शान्तिपूर्ण हुने बताइन् ।