ताप्लेजुङ/फुङ्लिङ नगरपालीका ८ कि सामाजिक परीचालक ईन्दु पालुङ्वा मतदाता शिक्षा कार्यकर्ता भएकि छिन् । उनि विहानै उठेर छिमेकको घर घरमाजान्छिन र भेटेजतिलाई अबको चुनावमा भेट हाल्न सिकाउछिन् ।

खाना खाएपछि उनको ध्यान गाउँका घर घरमा होईन धान काट्ने र थन्याउने खेतबारीमा पुग्छ । उनि झोलामा मतदाता शिक्षा सामाग्रि बोकेर फुङ्लिङ ७ का खेत तर्फ दौडिन्छिन् । निर्वाचन कार्यलयले उनलाई एक वाडाका करीव ९ सय मतदातालाई निर्वाचन शिक्षा दिन खटाएको छ ।

उनले अबको करीव आठ दिनमा यस स्थानका ९ सय बढि मतदातालाई अब हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सहि तरीकाले मतदान गर्न सिकाउनुपर्ने बाध्यता छ । ईन्दुले जस्तै ताप्लेजुङका १ सय १४ जना मतदाता शिक्षा कार्यकर्ताले शिक्षा दिईरहेका छन् ।

निर्वाचन शिक्षा दिने समय र किसानको खेतमा पाकेको धान थन्क्याउने समय एउटै भएपछि घरमा मानिस नभेटिने हुँदा र खेत सम्मनै पुग्नुपर्ने बाध्यताले अझै समय अपुग भएको ईन्दुको भनाई छ ।

खेतमा गयो मतदाताको परीचय पत्रको नंबर पनि लेख्नु भनेको छ, खेतमा कहाँ परीचयपत्र पाउनु ? घरमै भेटेकाको पनि खोज्दा समय लाग्छ । भोटहाल्न सिकाउन पनि उतिकै समय, यो पटक शिक्षा दिन धेरै गाहे भएको उनको गुनासो छ ।

ईन्दुले जस्तै फुङ्लिङ ८ कि तारा घिमिरेले दिउँसो घर घरमा गएर मतदाता शिक्षा दिने सोचेर विहिबार दिनभर धेरै घर चहारिन तर सबै घरमा ताल्चा लगाईएको थियो । सबै स्थानिय धान थन्क्याउने चटारोमा रहेकाले आफुले अब खेत खेतमानै भेला पारेर मतदाता शिक्षा दिने तयारीमा आफु लागेको बताईन् ।

ढिला गरी मात्र ताप्लेजुङमा निर्वाचन शिक्षा सामाग्रि आईपुगेको र मतदाता शिक्षा कार्यकर्ताले पनि ढिलो मात्रै सो सामाग्रि पाएकाले आफुहरुलाई सबै मतदाताकोमा पुगेर विस्तृतमा सिकाउन समस्या हुने गरेको मतदाता शिक्षा कार्यकर्ता बताउछन् ।

स्थानिय तहको निर्वाचनमा एउटै मत पत्रमा मतदान गरेका स्थानियले यस पटकको निर्वाचनमा भने तीनवटा फरक मतपत्रमा चार ठाउँ मतदान गर्नुपर्दा मतदान केहि झन्जटिलो देखिएको बताउने गरेका छन् । सबैलाई मतदाता शिक्षा दिनुपर्ने बाध्यता हुँदा सबै स्थानमा शिक्षाका लागि कार्यकर्ता र सामाग्रि पठाई काम जारी रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख महेश कुमार ठाकुरले बताए ।

यता जिल्लाका स्थानिय राजनितिक दल र सरोकारवालाहरुले भने हतारमा गरीएको मतदान शिक्षाले मतबदर अझै बढाउने संभावना रहेको बताउँछन् । स्थानिय तहको निर्वाचना पनि मतदाताशिक्षा जिल्लामा कम प्रभावकारी भएकाले मत बदरको संख्या बढि देखिएकाले सचेत भएर शिक्षा दिन निर्वाचन शिक्षा कार्यकर्तालाई सुझाव दिएका छन् । ७३ मतदान स्थल रहेको ताप्लेजुङका १ सय १४ मतदान केन्द्रमा यस पटक ७८ हजार ३ सय ९७ मतदाताले आफ्नो मताधिकार प्रयोग गने छन् ।