लागूऔषधसहित एकैदिन ७ पक्राउ
- कार्तिक २३, २०७४
- ब्लाष्ट खबर
धरान/इलाका प्रहरी कार्यालय रानी विराटनगरले एकै दिन ७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतको जोगबनीबाट नेपालतर्फ आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट झापा कमल गाउँपालिका–६ का मन्दिप भण्डारी र अजय कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५० चक्की नाईट्रोसन ट्यावलेट बरामद गरेको छ ।
त्यस्तै धरान–११ का दिपक थापालाई १५ एम्पुल डाइजेल्याव, १५ एम्पुल लुपिजेसिक र १५ एम्पुल एभिल बरामद् गरेको छ । साथै, मोरङ उर्लाबारी–९ का सुरज लिम्बूलाई १५ ट्यावलेट नाईट्रोसन र सोही ठाउँका अनुप लिम्बुलाई १५ चक्की नाइट्रोजन बरामद गरेको छ ।
मोरङ विराटनगर–१५ हुलास चोक नजिकैबाट धरान–१३ का गौतम लिम्बुलाई ४८ क्याप्सुल स्पास्मोप्रोक्सिवन र धरान १३ कै विनित राईलाई ४८ क्याप्सुल स्पास्मोप्रोक्सिवनसहित पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई रानी विराटनगरमा राखेर अनुसन्धान भइरहेको छ ।