चक्रघट्टि ।सुनसरीको बराह नगरपालिकाले प्रथम नगर सभाद्धारा चालु आर्थिक वर्ष २०७४ ÷०७५को लागी ५३ करोड ४६ लाख ९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । नगर सभाले नगर पालिकाका ११ वटै वडामा पुर्वाधार विकासका कार्यक्रमलाई विशेष पा्रथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख निलम खनालले बताएका छन् । नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । ०७४ ÷ ०७५ को लागी योजना तर्जुमा गर्दा दिगो बिकास लक्ष्य , सडक गुरुयोजना , क्षेत्रगत योजनाहरु ,स्थानीय तहमा बजेट तर्जुमा ,कार्यान्वयन , आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धि निर्देशिका २०७४ लाई आत्मसात गर्दै अबलम्बन गरीएको छ । नगरपालिकालाई नेपाल सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक श्रोतबाट प्राप्त हुने रकम समेत मिलाई कुल बजेट ५३ करोड ४६ लाख ९ हजार रुपैया प्रस्ताव गरीएको छ । पूँजीगत खर्चतर्फ भौतिक पूर्वाधार बिकासमा ३० करोड ७७ लाख ८९ हजार र सामाजिक सेवा तथा लक्षित वर्गतर्फ ४ करोड ४२ लाख ९७ हजार प्रस्ताव गरीएको छ ।चालु खर्चतर्फ विनियोजित २२ करोड ६८ लाख २० हजार मध्ये विषयगत कार्यालयतर्फ १६ करोड ४९ लाख २९ हजार र नगरपालिका कार्यालयतर्फ ६ करोड १९ लाख ५३ हजार प्रस्ताव गरीएको छ । नगरपालिकाले आफ्नो उपलब्धिहरुमा कार्यालय परिसर भित्र इन्टरनेट सेवा सर्वसुलभ बनाउन सम्पूर्ण कार्यालय परिसरलाई वाई फाई जोन बनाइएको ,नगरपालिकाको नाम बराहक्षेत्र नगरपालिका कायम गर्न नगर कार्यपालिकाको बैठकबाट प्रस्ताव पारित गरि नगरसभा समक्ष पेश गरेको , योजनाहरु संचालनमा पेश्की दिने परम्परालाई निरुत्साहित गरीएको , नगरलाई चालु आ.व. ०७४ ÷०७५ भित्रैमा खुल्ला दिशामुक्त क्षेत्र ,पूर्ण खोपयुक्त नगर र पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने कार्यक्रम तर्जुमा गरीएको , सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नगर स्तरका लाभगा्रहीहरुको अध्यावधिक नामावली विवरण नगरको वेभ साइट मार्फत सार्वजनिक गर्ने तयारी गरिएको ,बराह नगरपालिकाको वेभसाइट निर्माण भएको, नगरपालिकाको पाश्र्व चित्र तयार गरिएको ,नगरका सबै क्षेत्र, वर्ग ,लिङ्ग,र समुदायको विकास गर्ने सोचसहित नगरको समष्टिगत विकासको दीर्घकालिन सोचलाई मूर्तरुप दिन प्रस्तुत निति,कार्यक्रम तथा वजेट लक्षित गरीएको लगायतको उपलब्धि भइरहेको प्रमुख खनालले जानकारी दिएका छन् । कोशी बाढी पीडित र ऐलानी जग्गामा बसोबास गर्ने घरपरिवार यस नगरमा प्रचुर मात्रामा रहेकाले उनीहरुको समस्यालाई सम्बोधन गर्दे यहाका जनताको मागलाई केन्द्रिय र राष्ट्रिय स्तरमा पुर्योएर समस्यालाई निराकरण गर्न आफु लागिपर्ने प्रतिवद्धता प्रमुख खनालले व्यक्त गरेका छन् । आफ्नो कार्यकालमा कतैबाट भष्टचार गरेको प्रमाण फेला पारेमा आफुले २४ घण्टा भित्रमा राजिनामा दिने ,घोषणा गरेका छन् ।भष्टाचार मुक्त नगर बनाउने,नगरमा रहेका चुनौति र समस्याहरुलाई सामुहिक प्रयत्नबाट समाधान गरी अवसरहरुलाई उपलब्ध श्रोत साधन र मानवीय क्षमताको अधिकतम प्रयोग गरी समृद्ध नगर बनाउन आफु लागी पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।