काठमाडौं/ दोलखाका एक युवाले दाउराको चिरर्पट प्रहार गरी आमाको हत्या गरेका छन् । भिमेश्वर नगरपालिका–८ मोहरटोलका ३५ वर्षीय कुमार बस्नेतले आमा ७० वर्षीया आमा खड्क मायाँ बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ । बारीमा घाँस काटिरेहकी अामालाई दाउराको चिरर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थल मै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । आमाको हत्या गर्ने बस्नेतलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बाह्रखरी