धरान/मोरङको मिक्लाजुङ गाउँपालिका–३ कालिझोर बस्ने २२ वर्षीय बिक्रम श्रेष्ठमाथि मंगलबार खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट घाइते श्रेष्ठको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई सोही ठाउँका प्रेम सुब्बा, भक्त मगर र सानाभाई लिम्बुलगायतको समूहले सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने समुह फरार रहेकाले खोजी भइरेहको अस्थायी प्रहरी चौकी टाडीले जनाएको छ । त्यस्तै मोरङकै ग्रामथान गाउँपालिका–७ नेताचौकका सन्तोष माझीले मंगलबार सुमनदेवी चौधरीलाई कुटपीट गरेका छन् । सामान्य विवाद हुँदा सन्तोषले श्रीमतीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सुमनदेवीको टाउँकोमा चोट लागेको छ भने उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने सन्तोष फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।