एभरेष्ट बैंक(EBL) को सेयर लिलामीमा ३०० रुपैयाँभन्दा कम मूल्यमा लिलामी सकार्ने २५ जनाले एक करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएर मालामाल भएका छन् । २५ आवेदकले कुल २९ लाख ८१ हजार ९८४ रुपैयाँ लगानीबाट सो नाफा कमाएका हुन् । एभरेष्ट बैंकले गत भदौ २५ गतेदेखि असोज १ गतेसम्म लिलामी गरेको सेयरमा आवेदन गरेका सबै आबेदकलाई बाँड्दा पनि ३५ हजार कित्ताभन्दा बढी नबिकेर सेयर लिलामीमा एउटा नयाँ इतिहास त रचिएको छ नै । त्यहि लिलामी सेयर सकारेका लगानीकर्ताले एउटा लिलामीबाटै साढे २७ लाख रुपैयाँ भन्दा बढी कमाउन सफल भए भन्दा तपाईलाई अर्को अचम्म लाग्नसक्छ । बजारमूल्य १२२० रुपैयाँ रहेको एभरेष्ट बैंकको सेयर १०८ रुपैयाँसम्म लिलामी सकार्ने अवसर पाएपछि आवेदक मालामाल भएका हुन् । ३०० रुपैयाँभन्दा कम मूल्यमा नै २५ जनाले सेयर सकारेका छन् । एभरेष्ट बैंकको सेयर लिलामीमा आश मायाँ लामाले ३०० रुपैयाँमा तीन हजार कित्ता सेयर पाएकी छिन् । उनले मंगलबारको बैंकको सेयरमूल्यको आधारमा ३६ लाख ६० हजार रुपैयाँ आर्जन गर्ने देखिन्छ । उनले लिलामीमा लगानी ९ लाख रुपैयाँ मात्र गरेकि हुन् । यसबाट उनलाई २७ लाख ६० हजार रुपैयाँ खुद नाफा भएको छ । हेनुहोस् ४०० रूपैयाँभन्दा कम मूल्यमा लिलामी सकारेका २५ आवेदकले कित खुद नाफा कमाए ? यहाँ ३०० रूपैयाँभन्दा कम मूल्यमा आवेदन गर्ने आवेदकको तथ्याङ्कलार्इ मात्र प्रस्तुत गिरएको छ । त्यस्तै १२० रुपैयाँ अंकित दरमा दुई हजार कित्ता सेयर सकारेका अर्का लगानीकर्ता रविन्द्र घिमिरेले दुई लाख ४० हजार रुपैयाँ लगानीबाट थप २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सबैभन्दा न्यूनतम मूल्य १०८ रुपैयाँमा लता गोयलले २५० कित्ता सेयर सकारेकी छिन् । उनले यस लिलामीबाट दुई लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएकी हुन् । ३०५ रूपैयाँमा १०० कित्ता सेयर सकारेका अनिल ढकालले सबैभन्दा थोरै ९१ हजार ५०० रूपैयाँ नाफा कमाए । एभरेष्ट बैंकको सेयर लिलामीमा सामूहिक लगानीकोषले समेत महँगो मूल्यमा सेयर सकार्दा न्यून मात्रामा मात्र नाफा कमाए । एनएमबि म्युचुअल फण्डको दुबै योजनाले गरि १० हजार कित्ता सेयर ११७३ रुपैयाँ ६० पैसा, एनआईबिएल म्युचुअल फण्डको प्रगति फण्डले ५ हजार कित्ता ११८० रुपैयाँ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले ११२१ रुपैयाँ ०७ पैसामा २० हजार कित्ता सेयर सकारेका छन् । बैंकले यसअघि २ लाख ५३ हजार ७९७ कित्ता शेयर लिलामी गर्दा दुई लाख १७ हजार ९५६ लकित्ता सेयर विक्री भएको थियो । अवितरित ३५ हजार ८४१ कित्ता सेयर बिक्री गर्न बैंकले असोज २० गतेदेखि २७ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ । जसको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।   मेराेलगानी