धरान/संयुक्त भूतपूर्व सैनिक कल्याणकारी महासंघ नेपाल क्षेत्र नम्बर २ मातहतका ६ वटा संघहरुले इटहरीका बाढीपीडितहरुलाई राहत रकम प्रदान गरेको छ । इटहरी–४ का ४० परिवारलाई दशैंखर्चको रुपमा चारहजार रुपैयाका दरले राहत रकम प्रदान गरेको महासंघका उपाध्यक्ष केके राईले बताए । उनका अनुसार बाढीमा बगेर ज्यान जोगाएकी सानुमाया राईलाई १२ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । महासंघ क्षेत्र नम्बर २ मा संयुक्त सैनिक भूतपूर्व क्लव, एकता भूपू क्लव, पूर्वाञ्चल भारतीय भूपू कर्मचारी कल्याण परिषद् नेपाल, राष्ट्रिय भूतपूर्व सैनिक संघ, नेपाल पूर्व प्रहरी संघ आवद्ध छन् ।