धरान /सिद्धार्थ म्युचअल फन्ड अन्तर्गत सञ्चालन हुन लागेको सिद्धार्थ इक्विटी फन्डले असोज २६ गतेदेखि म्युचल फन्डका इकाई जारी गर्ने भएको छ ।
यस फन्डले प्रतिइकाई मूल्य १० रुपैयाँको दरले सर्वसाधारणमा १० करोड २० लाख इकाई जारी गर्नेछ । कुल १२ करोड इकाईमध्ये (१ करोड ८० लाख) कोष प्रवद्र्धक सिद्धार्थ बैकका लागि राखेर बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ । आवेदकले न्यूनतम १०० र अधिकतम २४ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
असोज २९ अन्तिम मिती रहेकाे छ । यस अवधिमा आवश्यकता अनुसार इकाई बिक्री नभएमा खण्डमा कात्तिक ८ गतेसम्म आवेदन पाइनेछ । आवेदकले आस्वा लागू भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् । त्यस्तै, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायाण्चौचर नक्सालबाट पनि भर्न सकिनेछ ।
इक्विटी फन्डसमेत गरी अब सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा रहेको म्युचल फन्डको संख्या ३ पुगेको छ । हाल सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र सिद्धार्थ ग्रोथ स्कीम सञ्चालनमा छन् । ग्रोथ स्कीमको योजना आगामी पुस ९ गते अवधि (म्याचर) सकिंदैछ । क्यापिटलले हालैमात्र सिद्धार्थ ग्रोथ स्कीमका इकाईधनीलाई ६० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।