धरान/अविरल वर्षाका कारण सुनसरीमा बाढीले २ अरब भन्दा बढीको क्षति पु¥याएको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ । समितिका अनुसार दुई साता अघि आएको अविरल वर्षाका कारण आएको बाढीले २ अरव ११ करोड पाँचलाख ३२ हजार ८८ रुपैया बराबरको क्षति पु¥याएको हो । बाढीले विषेश गरेर कृषि, पूर्वाधार, विद्यालय, पशु, खानेपानी, वन, सडक, सिँचाई र उद्योग कलकारखाना गरी उक्त मात्रामा क्षति पु¥याएको समितिका संयोजकसमेत रहेनु भएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए । कृषिमा मात्रै ६९ करोड भन्दा बढीको क्षति पु¥याएको छ । त्यस्तै पूर्वाधारमा चालिस करोड ८४ लाख ६५ हजार रुपैया क्षति पु¥याएको छ । विद्यालय तर्फ तीन करोड, निजी घरतर्फ २१ करोड माथि क्षति पु¥याएको बताइएको छ । सिचाईमा झण्डै ८० करोड रुपैयाको क्षति पु¥याएको सुनसरी मोरङ सिँचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रदीप वान्तवा राईले बताए । उनका अनुसार सुनसरीमा मात्रै कल्र्भट, नहर कटानलगायत गरी १० करोडको क्षति पु¥याएको छ । बाँकी मोरङमा क्षति पु¥याएको हो ।