धरान/धरान–१५ स्थित त्रिवेणी महिला समूहले याङशिलाका बाढीपहिरो पीडितहरुलाई खाद्यान्न वितरण गरेको छ ।

करिव ९० हजार रुपैया बराबरको ६५ घरपरिवारलाई ४ सय केजी चालम, ४० केजी दाललगायतका खाद्यान्न वितरण गरेको समूहकी अध्यक्ष चुङ शेर्पाले बताइन् । उनका अनुसार तेल, न्युटेला, नुनलगायतका सामग्रीहरु वडा अध्यक्ष राम राईको रहोबरमा वितरण गरिएको हो । जसमा गोर्खा युनाइडेटमा कक्षा ८ देखि १० सम्म अध्ययरत विद्यार्थीहरु र पर्वित राईले ५० केजी चालम सहयोग गरेको अध्यक्ष शेर्पाले बताइन् ।
त्यस्तै किरात राई यायोक्खाको पहलमा किरात राई साँस्कृतिक कलाकार संघ सुनसरी र विद्यार्थी संघ सुनसरीले इटहरी–९ र १० को डोमाटोका र शिवनारायण टोलका २७७ घरपरिवारलाई ३ लाख रुपैया बराबरको खाद्यान्नलगायत लत्ताकपडा तथा भाडाकुडा वितरण गरेको छ । यसैबीच अढाई घण्टा खोलामा बगेर पनि बाँचेकी सानुमाया राईलाई सम्मानित गरिएको साँस्कृतिक कलाकार संघका अध्यक्ष चन्द्र वान्तवा राईले बताए ।