तेह्रथुम/संघ बिबादका कारण अधिकार बिहिन भएको एक बर्ष भई सक्दा पनि निकासका लागि पहल नहुदा ब्यापारीहरु अन्योलमा परेका छन् ।

ब्यारीहरुको सस्था उद्योग बाणिज्य संघ विबादित भए पछि १ बर्ष देखि कार्यालय बन्द रहदा जिल्लाका ब्यापारीहरु अन्योलमा परेका छन् । ब्यापारीको अधिकारका लागि जिल्लामा गठन भएको सस्था एक बर्ष देखि अधिकार बिहिन भएर कार्यालय बन्द हुदा नयाँ ब्याबसाय सुरु गर्नेलाई मात्र हैन पुराना ब्यापारीहरुलाई समेत समस्या हुने गरेको ब्यापारीहरुले बताएका छन् । गत बर्ष सदस्यता बितरणमा अनमियता भएको भन्दै ब्यापारिहरु बीच बिबाद भए पछि जिल्ला प्रशासनले संघको कागजात जफत गरेको एक बर्ष बितिसक्दा पनि बिबाद समाधान हन नसकेको हो ।

स्थानिय प्रशासनले कागजात जफत गरे पनि ब्यापारीहरुले छुट्टा छुट्टै स्थानमा अधिबेशन गरे पछि संघको बिबाद झन् बढ्दै गएको थियो । प्र्रशासनले कागजात जफत गरे पनि बिबाद समाधान नगरि बिभिन्न दलमा आस्था राख्ने ब्यापारीहरुले गठबन्धन गरेर अधिबेन गरेका थिए । जिल्लामा रहेका दल मध्ये नेपाली काँग्रेस सहित अन्यदलहरुले उद्योग बाणिज्य संघमा अधिबेसन गरेका थिए भने एमालेमा आस्था राख्ने ब्यापारीहरुले जिल्ला बिकास समितिको माथिल्लो सभाहलमा अधिबेशन सम्पन्न गरेका थिए ।

काग्रेस निकट ब्यापारीहरुले शेखर सबेदीलाई अध्यक्ष बनाएका थिए भने एमाले निकट ब्यापारीहरुले भने राजिब ढुंगानालाई अध्यक्ष बनाएका थिए । जिल्लामा ब्यापारीहरुको छाता संगठन दुईवटा समिति गठन भए पछि ब्यापारीहरु समेत अन्योलमा परेका थिए । दुवै समितिले आफु आधिकारीक भएको भन्दै दाबि गर्न थाले पछि जिल्लामा दुईवटा समिति नहुने भन्दै स्थानीय प्रशासनले संघको कागजात र छाप प्रयोग नगर्न भन्ने पत्र पठाई कार्यालय बन्द गर्न निर्देशन दिएको थियो । उद्योग बाणिज्य संघको बिवादका कारण गत आर्थिक बर्षमा मात्र ६० लाख बढीको कार्यक्रम फ्रिज भएको छ । उद्योग बाणिज्य संघ बिबादकै कारण बैकबाट ऋण लिन चाहने ब्यापारीहरुलाई समेत समस्या हुने गरेको छ ।