धरान/बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो २३ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । [caption id="attachment_53132" align="alignnone" width="1000"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै देशभर आफ्ना शाखाहरु रहेको क्षेत्रबाट १ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भदौं ३ गते देशभरका शाखाहरुमा रक्तदान कार्यक्रम गर्ने बताएको छ । धरानको चार स्थानमा रक्तदान गर्ने बताइएको छ । त्यस्तै कृपा फाउण्डेशन काठमाडौं, बराह इण्डष्ट्रिज प्रालिको सामाजिक सुरक्षा कोष र बराहका कर्मचारीहरुले बाढीपीडितहरुलाई लक्षित गर्दै एक दिनको तलव जिल्ला दैवी प्रकोप उद्दार समिति सुनसरीको कोषमा दिने तयारी भएको धरान शाखाका प्रमुख मानबहादुर दियालीले बताए । कार्यक्रमको अवसरमा दुईजना पत्रकारहरुलाई सम्मान र एकजनालाई इन्द्रबराह पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिने बताइएको छ । भदौं ५ गते स्थापना दिवसको अवसर पारेर तक्मे बुढा –विल्सनबिक्रम राई र सुन साइलीका गायक हेमन्त रानाले मनोरञ्जन गराउने कार्यक्रसमेत रहेको छ । बराह ज्वेलरीले बर्षको उत्कृष्ट एकजना कर्मचारीलाई पुरस्कृत तथा ग्राहकहरु मध्ये भाग्यशाली ग्राकहलाई १२५ सिसीको लेट्स स्कुटी प्रदान गरिने छ ।