धरान/आज असार १५, नेपाली कृषकको लागि मात्रै हैन, सरकारकै लागि पनि विशेष पर्वको रुपमा मनाउने गरेको छ ।

पछिल्लो वर्षहरुमा सरकारले असार १५ लाई धान दिवशको रुपमा मनाउने गरेको छ । आजको दिन धान रोप्दै दहि, चिउरा, आँपलगायतको परिकार खाने चलन रहेको छ । मानो रोपेर मुरी फलाउने चलनको रुपमा यसलाई लिने गरिन्छ ।
हिलोसँग खेल्दै खेतमा छुपु छुपु धान रोप्दै यो असार १५ लाई विशेष दिनको रुपमा मनाउने गरिएको छ । अझ कतिपय ठाउँमा त बेठी लगाउँने प्रचलन पनि रहेको छ । पछिल्लो सयम वैदेशिक रोजगारीका कारणले गर्दा बेठीको चलन हराउँदै गएको छ ।
कृषि मन्त्रालयले बजेट विनियोजन गर्दै केही ठाउँमा बेठीलाई प्रोत्साहनसमेत गर्ने गरेको छ । गीतहरु गाउँदै असार १५ का दिन धान रोपिन्छ ।