
धनी हुनु भनेको धनकी देवी लक्ष्मीको कृपा पाउनु हो । त्यसैले त विभिन्न प्रकारका विधि अपनाएर धनकी देवी लक्ष्मीको पूजा तथा पाठ गर्ने गरिन्छ ।
विष्णु पुराणको १२ औं अध्यायमा घरव्यवहारका लागि सदाचारका नियमहरुबारे वर्णन गरिएको छ । जसमा भनिएको छ कि आफ्नो उन्नती चाहने मानिसले केही कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ । जो यी कुराहरुबारे ध्यान दिँदैन त्यो मानिस रोगी, गरिब तथा दुखी रहन्छ । जबसम्म मानिस रोगी, गरिब तथा दुखी रहन्छ, तबसम्म धन कमाउने संभावना पनि हुँदैन ।
यो आलेखमा मानिसले धन कमाउनका लागि त्याग्नु पर्ने पाँचवटा कामबारे उल्लेख गरिएको छ ।
दाँत रगड्नु
आफ्ना दाँतलाई अपसमा रगड्नु छाडिदिनुहोस् । यस्तो गर्नु अपशगुन मानिन्छ । यसलाई चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्याको सूचक पनि मानिन्छ । दाँत रगड्नाले संकट निम्तिने खतरा हुन्छ ।
नाक कोट्याउनु
हातको औंला तथा नङले नाक कोट्याउनु छाडिदिनुहोस् । धार्मिकसँगै स्वास्थ्यका हिसावले पनि यस्तो गर्नु ठीक मानिदैन । यस्तो गर्नाले नङमा फोहर जम्मा हुन्छ र रोग लाग्ने संभावना हुन्छ । जसले आर्थिक क्षति पनि हुन्छ ।
कपाल रगड्नु
यदि हातले कपाल चलाउने तथा रगड्ने बानी छ भने त्यस्तो बानी तरुन्त त्याग्नुहोस् । विष्णु पुराणमा उल्लेख गरिएको छ कि समय समयमा हातले कपाल चलाउनु राम्रो आदत हैन । यस्तो बानीले स्थास्थ्य र धन दुवै कुरामा प्रभाव पार्छ ।
नङ चपाउनु
औंलाहरु मुखमा कोचेर दाँतले नङ चलाउने बानी छ भने यस्तो बानी तुरुन्त त्याग्नुहोस् । धार्मिक मान्यताअनुसार यस्तो गर्नाले शरीर अशुद्ध हुन्छ । साथै धर्मको हानी पनि हुन्छ । जबकि वैज्ञानिक दृष्टिकोणमा यस्तो बानीले स्वास्थयमा गम्भीर असर पुर्याउँछ ।
जमिनमा लेख्नु
कतिपय व्यक्तिको वानी नै हुन्छ, केही लेख्ने चिज (चक, कलम, साइनपेन, मार्कर) पायो भने जमिनमा लेखिहाल्छन् । तर यस्तो बानी नराम्रो हो । धार्मिक मान्यताअनुसार यस्तो गर्नाले सम्पत्तिमा ह्रास आउँछ र कर्जा बढ्न जान्छ ।