-
Home
-
अर्थ
-
२३ संस्थान नाफामा र १२ नोक्सानीमा
२३ संस्थान नाफामा र १२ नोक्सानीमा
काठमाडौँ/अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसद्को आजको बैठकमा आव २०७४/७५ को आर्थिक सर्वेक्षण, आव २०७३/७४ को मन्त्रालयगत प्रगति विवरण र सार्वजनिक संस्थान वार्षिक समीक्षा पेस गरेका छन् ।
सर्वेक्षणमा आव २०७३/७४ मा आर्थिक वृद्धि उत्साहजनक रहेको उल्लेख छ । त्यस्तै अनुकूल मौसम, सरकारको पूँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन र लगानीको वातावरणमा सुधार भएकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
त्यस्तै मन्त्रालयगत प्रगति विवरणमा चालु आव २०७३/७४ को चैत मसान्तसम्मको विनियोजित बजेट एवम् खर्चको विवरण तथा २०७३ फागुन मसान्तसम्म सम्पादन भएका महत्वपूर्ण कार्य र बजेट वक्तव्यमा उल्लिखित नीति तथा कार्यक्रमको प्रगति समीक्षा प्रस्तुत गरिएको छ ।
संस्थानको वार्षिक समीक्षासम्बन्धी विवरणमा आव २०७२/७३ मा सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ नाफामा र १२ नोक्सानीमा रहेको उल्लेख छ । रासस