उकालो लाग्यो सुनको भाउ, तोलाको ५३ हजार ७ सय काठमाडौं/नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लागेको छ । अघिल्लो साता निरन्तर घटेको र पछिल्लो साता स्थिर रहेको सुनको भाउ यो साता भने उकालो लागेको हो । आज नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढेको छ । हिजो ५३ हजार ५ सय रहेको सुनको भाउ आज ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय वजारमा पनि सुनको भाउमा वृद्धि हुदै गएकाले नेपाली बजारमा पनि भाउ वढेको जनाइएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।