काठमाडौं / केही दिनयता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएकाले नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार मङ्गलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँमा किनबेच भएको छ । विवाहको लगन भएकाले सुनचाँदीको कारोबार बढ्न थालेको पनि महासङ्घले जनाएको छ । अहिले दैनिक २५ किलोको हाराहारीमा सुनको माग रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।