शनिश्चरे/झापाको दमकमा नेपाली पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको छ ।दमकस्थित ट्याक्सी स्टेन्डका ट्याक्सी चालक दधिराम खतिवडालाई ५ दिन अघि एक यात्रुले भाडा स्वरुप सो नोट दिएका थिए ।
झट्ट हेर्दा सक्कली झै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको खतिवडाले बताए ।
गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलोे छ ।केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ ।