काकँरभिट्टा/नाकामा खटिएका तिन प्रहरी संगठनले नाकामा बिशेष निगरानी गरेसँगै राजश्व संकलनमा समेत बृद्धि भएको पाइएको छ नेपालको पूर्वी नाका काँकरभिट्टाबाट नाकाबाट अवैध रूपमा भन्सार छलि भित्राईएका सामान यो आर्थिक वर्षमा १ करोड १० लाख बढीको शसस्त्र प्रहरी र जनपथ प्रहरीले भन्सार बुझाएको छ ।

यो नाकामा खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले आर्थिक वर्ष ७३,७४ को बितेको ९ महिनाको अवधिमा १ करोड १० लाख मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको जनाएको हो ।सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म काकँरभिट्टाले यो अवधिमा ६६ लाख २६ हजार १ सय ५६ मूल्य बराबरको सामान भन्सार बुझाएको गुल्मका प्रमुख वासुदेव लोहनीले जानकारी दिनु भयो ।

यसरी बरामद गरिएका सामानहरू ख्ुाख्खा सुपारी,काचो सुपार लत्ता कपडा जुत्ता चप्पल मोर्टस पार्टस हाडवेयरका सामान,किराना तथा खाद्यान्नका सामानहरूसाधान मोटरसाइकल,ट्याक्टर ,सुर्ती रजनिगान्धा २८ जनावर निधि गुड्खा पंख्खा भाडा बर्तन र अन्य अवैध सामान(जसमा काठ,बिभिन्न मासु, लगायत भन्सार बुझाइएको गुल्मका सूचना अधिकृत मोहन देवकोटाको भनाई छ ।

भने सोही अवधिमा १२ जना अवैध लागुऔषध सहित प्रकाउ गरेको छ भने चेलिबेटी बेचबिखनमा ५ जना चेलिको उद्धार गर्न सहयोग पुर्याएको छ । भने अवैध रूपमा सब्जी भित्र १२ बोरा लसुन र १० काटुन अङगुर ल्याउदै गर्दा १ ट्क र ३ भारतिय नागरिकलाई समातेर राजश्व अनुसन्धान कार्यालय इटहरि पठाइएको छ ।

उता इलाका प्रहरी कार्यालय काकँरभिट्टाले पनि यो अवधिमा करिब ४२ लाख बराबरको अवैध सामान बरामत गरेको छ ।जसमा खुख्खा सुपारी,काचो सुपार लत्ता कपडा जुत्ता ,चप्पल ५१ ह्जार ३ सय,मोटर्स पार्टसका सामान हार्डवेयरका सामा किराना तथा खाद्यान्नकासुर्ती,रजनीगन्धा ,खाद्यमल नुन सुर्ती लगायत रहेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाका प्रमुख दुर्गाराज रेग्मीले बताउनु भयो ।

नाकामा ट्रार्फिक प्रहरीले समेत जाचलाई कडा तुलाइएको छ । यो नाकामा सवारी साधनहरूले नियाम मिचेर सवारी चलाउने बढ्दो गुनासो आएसँगै चेक जाचलाई कडा पारिएको हो । टर्फिक प्रहरी पोस्ट काकँरभिट्टाको टोलीले यो नाकालाई विशेष चेकजाचको पोईन्ट बनाएको ट्रार्फिक प्रहरी पोस्ट काकँरभिट्टाका प्रमुख नारायण आचार्यले बताए ।