सुनको भाउ बढ्याे
- वैशाख ६, २०७४
- ब्लाष्ट खबर
काठमाडौं/ नेपाली बजारमा सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा एक सय रुपैयाँ बढेको छ । आज नेपाली बजारमा सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
अघिल्लो दिन सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ थियो । सोमबार ५५ हजार ७ सय रुपैयाँमै कारोवार भएको सुनको भाउ मंगलबार एक सय रुपैयाँ घटेर ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलाको ८ सय ५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।