काठमाडौं/दुगड समूहले १५७ मेगावाटका तीनओटा जलविद्युत् आयोजनाको निर्माण एकसाथ सुरु गरेको छ ।

दुगड समूहले ७७ मेगावाटको लिखु–१, ५१ मेगावाटको लिखु–२ र २९ मेगावाटको लिखु ‘ए’ आयोजनाको निर्माण सुरु गरेको हो ।

आयोजनाको ऊर्जामन्त्री जनार्दन शर्माले शुभारम्भ गरे ।जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट हुन लागेको यो अहिलेसम्मकै ठूलो लगानी रहेको जनाइएको छ ।२१ अर्ब रुपैयाँको अनुमानित लागतमा निर्माण हुने आयोजना २०७७ साउनभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।