काठमाडौं । एनसेलले पिआरबिटी ‘स्किम’ ल्याएको छ । अब एनसेलका सबै ग्राहकले कर सहित रु. १ मा पिआरबिटी सेवाको मजा लिन सक्नेछन् ।
एनसेलले नयाँ वर्ष ०७४ को अवसरमा आफ्ना ग्राहकका लागि पिआरबिटी र टोन सेवामा दुई नयाँ संस्करण ल्याएको हो । जसअन्तर्गत ग्राहकले अब दैनिक तथा साप्ताहिक रुपमा पिआरबिटी सेवा लिन सक्नेछन् । यसअघि पिआरबिटी र टोन सेवा ३० दिनको समयावधिमा मात्र उपलब्ध थियो ।
यो अफर यही बिहीबारदेखि लागू हुने एनसेलले जनाएको छ । यो योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले एक दिन र एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा सुचारु गर्न सक्नेछन् । पिआरबिटी सेवा अन्तर्गत एनसेलका ग्राहकले आफ्नो रोजाइको लोकप्रिय टोन तथा गीतहरुलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । कल गर्दा उतm टोन तथा गीत सुन्न सकिन्छ । लोकप्रिय नेपाली तथा अन्तर्राष्ट्रिय गीत संगीतहरुको सूचीबाट ग्राहकले आफूले रुचाएको गीत तथा टोनलाई आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् ।
यो अफरसँगै एनसेलका ग्राहकले अब १ दिन समयावधिको पिआरबिटी र टोन सेवा कर सहित मात्र रु १ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै एक हप्ता समयावधि भएको पिआरबिटी र टोन सेवा कर सहित रु ५ मा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले १७११७ डायल गरि प्राप्त निर्देशन अनुसार पिआरबिटी सेवा तथा टोन सेवा सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । त्यस्तै ग्राहकले एस्ट्रिक १७११७ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गीत तथा टोनको सूचीबाट आफ्नो रोजाइको रिङ ब्याक टोन राख्न सक्नेछन् ।
‘‘पिआरबिटी सेवा हाम्रा ग्राहकबीच एक मनपर्ने सेवाको रुपमा रहँदै आएको छ । दुई नयाँ संस्करणका साथ ग्राहकलाई पिआरबिटी सेवामा पनि छनोटको विकल्प ल्याउन पाउँदा हामी निकै हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
दैनिक र साप्ताहिक पिआरबिटी र टोन सेवा स्वतः नवीकरण हुनेछ । साप्ताहिक सेवा लिएका ग्राहकलाई समयसीमा सकिनु दुई दिन अगावै नवीकरणबारे एनसेलबाट जानकारी आउनेछ । ग्राहकले अंग्रेजीमा आर लेखि १७११७ मा एसएमएस पठाई यो सेवा निष्क्रिय गर्न सक्नेछन् । यो अफर १५ दिनको लागि मान्य हुनेछ ।