काठमाण्डौ/  महिनाको अन्तिम दिन आजपनि सुनको मूल्य बढेको छ ।

आज तोलामा २ सयले बढ्दा तोलाको ५५ हजार ६ सय रूपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यसअघि हिजो सुन तोलाको ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य पनि आज बढेको छ ।

प्रतितोलामा ५ रूपैयाँले बढ्दा आज तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।