काठमाडौँ/ अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती व्यक्ति बेपत्ता भए । ठगिएका युवक उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकु पुगे । तर, पैसा लिने व्यक्ति को हुन् भन्ने उनलाई नै थाहा छैन । किनकि उनले पैसा पठाउन अवैध रूपमा अनलाइन गेटवे प्रयोग गरेका थिए । अमेरिकामा नेपालबाट पैसा पठाउन सहज छैन । हुन्डीबाट पठाउँदा उता रिसिभ गर्न गाह्रो थियो । त्यसकारण ती अमेरिकीले पर्फेक्ट मनीनामक पेमेन्ट नेटवर्कमार्फत पैसा पठाउन लगाए । नेपालमा रहेका व्यक्तिले उक्त नेटवर्कमा खाता खोल्न पाउँदैनन् । उनले आफ्ना एजेन्ट विकास शाहीमार्फत पैसा पठाएका थिए । अनलाइनबाटै अवैध तरिकाले अमेरिकामा पैसा पठाइएकाले प्रहरीले ठगी गर्ने गिरोहलाई पत्ता लगाउन सकेन, नयाँ पत्रिकामा खबर छ ।