काठमाडौं/  फागुनको अन्तिम हप्तादेखि सुनचाँदीको भाउ लगातार घट्दै गएको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा ५३ हजार २ सय रुपैयाँमा झरेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनचाँदीको भाउ अझै घट्ने अनुमान गरिएको छ ।