काठमाडौं/सुनको भाउ मंगलबार तीनसय रुपैयाँले घटेको छ । मंगलबार सुन तोलाको ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ । चाँदी मंगलबार तोलाको ७ सय ८० रुपैयाँ छ । सुनचाँदीको भाउ अझ घट्न सक्ने अनुमान गरिएको महासंघले जनाएको छ ।