आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपाल सानदार विजयी भएको छ।

केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६४ रनको योगदान दिए। ९३ बल खेलेका मल्लले ८ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै दीपेन्द्र सिंह ऐरीले ६२ रन बनाएका थिए। ६६ बलको सामना गरेका ऐरीले ८ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै ऐरीको ठाउँमा आएका सरद भेसवाकरले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा २४ रन बनाएका थिए।

नटआउट रहेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए। उनले तिसौ ओभरको पहिलो बलमा चौका प्रहार गरेका भसवारले अर्को बलमा छक्का प्रहार गरेका थिए।

जबकी नेपालका लागि त्यतिखेर २ रन मात्र आवश्यक थियो। यसअघि चार ओभरभित्र १४ रनको स्थितिमा  २ विकेट गुमाइसकेको नेपालका लागि ऐरी र मल्लले सतकीय साझेदारी गर्दै खेलमा फर्किएको थियो।

सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो।