Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

alt
  • माघ १८, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।

भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए । त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए । नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ । लनटेनिसको उपाधि बज्राचार्य र राणालाई सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको नवौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि काठमाडौँका संरक्षकबहादुर बज्राचार्य र ललितपुरकी मायाङ्का राणाले जितेका छन् । हल्चोकस्थित लनटेनिस कोर्टमा आज भएको अन्तिम खेलमा बज्राचार्यले एआइएका कुमार अधिकारीलाई ७–५ र ७–६ ले पराजित गर्दै उपाधि जितेका हुन् भने राणाले पोखराकी गङ्गा शर्मालाई ६–४ र ६–२ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । त्यस्तै ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको विधामा ललितपुरका राजु क्षेत्रीले एपिएफका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको छ । यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको अन्तिम खेलमा ललितपुरका कृृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४ र ६–१ ले पराजित गर्दै पहिलो स्थान हासिल गरेको छ । महिला भलिबल– एपिएफ र पुलिस सेमिफाइनलमा सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको भलिबल कोर्टमा आज सम्पन्न भएको खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई २५–१२, २५–१९ र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

रासस

सम्बन्धित समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन ...

फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या

धरान । झण्डै साढे दुई दशक लामो विवादको घेरामा परेको धरानको आधुनिक बसपार्क ह ...

हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ

धरान । विष्फोटकसम्बन्धी मुद्दामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्ट ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनचाँदीको मूल्य बढेकोबढ्यै
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष काठमाडौँमा पक्राउ
धरानमा शिक्षक महासङ्घ गठन
आय र खर्चमा देखिएको खाडल अन्त्य गर
आजको राशिफलः २०८२ साल पुस २ गते बुधबार
माङ्मालुङ चिया बगानका पीडित शेयरधनी पुगे अदालत
बीपीमा ह्वीलचियर पुल सञ्चालनमा
‘एलर्जीन’ का उत्पादन बेच्न खुला
पाँच सय ७ केजी गाँजा बरामद
विजयपुर अस्पताल र हिबिस्कस स्कुलबीच सम्झौता
सुशासनको भाषण र बेथितिको यथार्थ
आजको राशिफलः २०८२ साल पुस १ गते मङ्गलबार
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ललित–अम्बर कपमा आयोजक र आइडियल अन्तिम चारमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved