श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ माघ ३ गते सोमबार १६ जनवरी २०१७ सौम्यनाम संम्वत्सर उत्तराव्यर्ण शिशिर ऋतु माघ कृष्ण पक्षको सुर्योदयतिथि १४।१ बजे सम्म उप्रान्त पंञ्चमी नक्षत्र पूर्वफाल्गुनी २६।१४ बजे सम्म उप्रान्त उत्तरफाल्गुनी चन्द्रमाराशी सिंह सुर्योदय ६।५८ सूर्यास्त ५।२९ मा हुनेछ ।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ःसमय उत्तम खालको छ । मुद्धामामिलामा तपाईको बिजय प्राप्त होला । साथीभाईको उचित सहयोग प्राप्त भईएला । मन प्रसन्न हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । उपलब्धि मूलक काममा संलग्न भईएला । मान्य जनको सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): पठन पाठन तथा लेखक कार्यमा पूर्ण सफलता मिल्ला । सरकारी जगिरमा बढुवा तथा स्थानान्तरण होला ।मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :कृषि तथा तत्जन्य कार्यव्यवसायमा सफलता प्राप्त होला कुनै शुभ समाचार सुन्नमा
आउँला । मित्र मिलनको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय उत्तम खालको छ । विवाह आदि कार्यक्रममा संलग्न भईएला । साथीभाई तथा आफन्तको सहयोग र सद्भाव प्राप्त भईएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय सामान्य खालको छ । अनावश्यक कामको विवादमा फसिएला । विश्वास गरेका व्यक्तिबाट विश्वासघाट हुन सक्छ, बिचार पुग्याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय उत्तम खालको छ । सामाजिक तथा धार्मिक कार्यक्रममा संलग्न भइएला । आर्थिक लाभ राम्रै होला, मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):अध्यय अध्यापनमा सन्तोष जनक प्रगति होला । जागिरमा बढुवा तथा स्थान्तरणको प्रवल संभावना रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):समय उत्तम खालको छ । कार्यक्षेत्र सोचे भन्दा राम्रो रहला आर्य आर्जनका मार्ग प्रसस्त होलान् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय सामान्य खालको छ । सामान्य चोटपटकको भय बन्न्ेछ । मित्रताको साथमा कमि आउँला । व्यर्थका काममा धनको नास होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय राम्रो छ । न्यायिक काममा तपाईको बिजय होला । सन्तान सुखको अनुभूति मिल्नेछ, जागिरमा बढुवा तथा स्थानान्तरण होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नोकरीमा पद प्राप्त हुने र राजनितिमा नसोचेको सफलता मिल्नेछ, कला तथा साहित्य क्षेत्रमा संलग्न हुने अवसर प्राप्त होला ।