[caption id="attachment_22660" align="alignleft" width="590"]naisa नाइशार्लाइ सहयोग रकम हस्तान्तरण गर्दै फनलभर्सका प्रतिनिधि सर्मपण मगर[/caption]

विजयपुर/एप्लास्तिक एनिमिया (ब्लड क्यान्सररबोनम्यारो एनिमिया) बाट पिडित भएकी धरानकी नाइशा शाक्यको उपचारकालागि कोरीयामा रहेका नेपालीहरुको एउटा समुह फनलभर्सले ९० हजार रुपैया सहयोग गरेको छ ।

फनलभर्स सहुहको संयोजनमा कोरीयामा रहेका नेपालीहरुबाट संकलित ९० हजार नेपाली रुपैयाँ फनलभर्सका प्रतिनिधि सर्मपण मगरले हस्तान्तरण गरेका छन् । मगरले पिडित नाइशा र उनकि आमा इन्दु शाक्यर्लाइ भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । धरानको शिक्षा निकेतन उच्च माबिमा कक्षा १० मा अध्यनरत नाइशाको अहिले नेपालमै उपचार भईरहेको छ ।

फनलभर्स कोरीयाका संयोजक भरत आलेले कमजोर आर्थिक अबस्था भएकी नाईशाको जिबन रक्षाका लागि आफुहरुले सहयोग गरेको बताएका छन् । नाइसाको जिबन रक्षाकालागि सकेको सहयोग गर्न पनि आग्रह गरेका छन् ।उनका अनुसार फनलभर्स समुह मार्फत सहयोग रकम संकलन गर्न अनित राई,किरण तामाङ,जोन मगर,समिर मोक्तान र त्रिलोक श्रेष्ठले बिषेश सहयोग गरेका छन् । नाइशाको उपचारकालागी अहिले नेपाल र नेपाल बाहिर सहयोग अभियान सञ्चालन भईरहेका छन् ।फनलभर्सले यस अघि रेड ब्लड सेल एप्लेसियाबाट पिडित धरानका सबिन राईलाई पनि ७० हजार रुपैयाँ सहयोग गरेको थियो । सामाजिक कार्य र निम्न आयस्तर भएका बिरामीहरुलाई सहयोग गर्न आगामी दिनमा पनि प्रयत्न गर्ने फनलभर्सका संयोजक भरत आलेले बताए ।