देशले माग्दैन, आफैँ दिनुपर्छ वृतचित्र प्रदर्शनी
धरान/‘देशले माग्दैन, आफैँ दिनुपर्छ’ नामक वृतचित्र बिहीबार गणेश टाकिज हलमा प्रदर्शन गरिएको छ ।
रिमेश अधिकारीद्वारा निर्मित वृतचित्रमा देशको रक्षार्थ लडेका वीरयोद्दाहरुको ऐतिहासिक कथाबस्तुलाई देखाउने प्रयत्न गरिएको छ । वृतचित्रमा नालापानीमा नेपाली वीरयोद्दाहरुले लडेको इतिहासलाई प्रस्तुत गरिएको संयोजक एवं रंगभूमि कलालयका निर्देशक कलाकार विष्णु मोक्तानले बताए ।
विभिन्न स्कुलमा विद्यार्थीहरुलाई लक्षित गर्दै वृतचित्र देखाइएको थियो । करिव चारसय भन्दा बढी दर्शकहरुले उक्त वृतचित्र हेरेको मोक्तानले बताए । इतिहाँससँग सम्बन्धित भएकाले पनि विद्यार्थीहरुको लागि जानकारीमूलक रहेको उनले बताए ।
वृतचित्र निर्माता अधिकारीले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको बताए । उनले आउँदो आइतबारबाट एकसातासम्म वृतचित्र प्रदर्शनी गर्ने तयारीमा रहेको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































