dhukutiतरहरा/पाँच वर्षयता लुकिछिपी इटहरी क्षेत्रमा ढुकुटी धन्दा चलाइरहेको बिजेन्द्र बस्नेत इटहरी वरपरका नाम चलेका व्यवसायीहरुको एक करोडभन्दा बढी लिएर फरार भएका छन् । ढुकुटी खेलेको समूहलाई थाहै नदिई उनी करीब तीन महिनादेखि फरार भएको पीडितहरुले बताए ।उनले पाँच वर्षयता ढुकुटी खेलाइरहेका थिए । ढुकुटी खाने दिन नजिकिँदै गर्दा उनी आफन्त पर्नेकै छोरी लिएर अकस्मात् फरार भएको हल्लासँगै व्यवसायीहरुको बिल्लीबाठ भएको उनीसँगै ढुकुटी खेल्ने एक व्यवसायीले नाम नखुलाउने शर्तमा बताए । आप्mनो करीब १२ लाख डुबेको बताउँदै उनले भने, ‘करीब २० जनाको रकम लिएर उनी फरार भएपछि अधिकांश व्यवसायीको कन्तबिजोग भएको छ ।’बस्नेत लामो समयदेखि इटहरीमै कपडा व्यापार गर्थे ।

उनी ढुकुटीको पैसा लिएर फरार भएको कुरा व्यवसायीहरुले प्रहरीलाई खबरसम्म गरेका छैनन् । ‘ढुुकुटी खेलेको सुइँको प्रहरीले पाउने डरले प्रहरीसम्म पुग्न सकेका छैनौँ ।’ अर्का व्यवसायीले पनि भने । आप्mनो १० लाखभन्दा बढी डुबेको भन्दै उनले ढुकुटीको कारण आपूm बर्बाद भएको बताए । इटहरीकै नाम चलेका एक व्यापारीको १९ लाखभन्दा बढी डुबेको उनले सुनाए । इटहरीमा अवैध ढुकुटी धन्दा चलि नै रहेको ढुकुटी खेल्नेहरु बताउँछन् । यसअघि पनि ढुकुटीकै कारण धेरैको बिल्लीबाठ भइसकेको छ तर इटहरीका डीएसपी नरेशराज सुवेदीले भने यसबारे अहिलेसम्म कुनै उजुरी नपरेको जनाए ।

अवैध रुपमा ढुकुटी खेलेको पाइए कानूनअनुसार कारवाही हुने उनको भनाइ छ । करीब दुई वर्षअगाडि ढुकुटी खेलाएको आरोपमा इटहरीकी मिना घिमिरे पक्राउ परेकी थिइन् । ढुकुटीको करोडौँ लिएर फरार रहेकी घिमिरेविरुद्ध इलाका प्रहरी कार्यालयमा दर्जनभन्दा बढी उजुरी परेका थिए । प्रहरीले उनीमाथि मुद्दासमेत दायर गरेको थियो । इटहरी क्षेत्रमा चिनिएका धेरैजसो महिला ढुकुटी खेलाएर अभैm फरार छन । धेरै डुबाउनेमध्येका मिनामाया खत्री र देवी कलवार अभैm फरार छन् । अवैध रुपमा खेलिने यो धन्दामा समाजका अगुवाहरु नै धेरै छन् । ढुकुटी खेलमा हुने झेल र रातारात धनी बन्ने सपनाले अहिले इटहरीका धेरै परिवार तनावमा छन् ।