इटहरी /विदेशबाट ल्याइएको बिस्किटी सुन भन्दै नक्कली सुन बेच्न खोज्ने एक भारतीय नागरिकलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी प्रहरीले इटहरी–१ स्थित गोरखा डिपार्टमेन्टअगाडि आपूmलाई एक लाख रुपैयाँ चाहिएको र विदेशबाट ल्याइएको बिस्किटी सुन बिक्री गर्नुपर्ने बाध्यता रहेको भन्दै एक महिलालाई ठगी गर्न लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको कोखुराधार आश्रम, आलेपुर जिल्लाका ३३ वर्षीय सन्तोषकुमार नेपाली रहेको इटहरी प्रहरीले जनाएको छ । उनको साथबाट नक्कली सुनको बिस्कुटसमेत बरामद भएको प्रहरीले जनाएको छ ।