ताप्लेजुङ/गएराति देखिको भारी वर्षाको कारण ताप्लेजुङ नगरपालीका ८ स्थित मेवाराजा क्षेत्रमा पुन पहिरो झर्न सुरु गरेको छ ।यस अघि गत भदौ १७ गते राति पहिरो झरेकै स्थानमा पुन पहिरो झरेकाले मेचि राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अबरुद्ध भएको छ भने सो क्षेत्र हुँदै सदरमुकाम आवत जावत गर्ने दर्जनौँ गोरेटो तथा घोरेटो बाटो समेत बन्द भएको स्थानिय रुपनारायण भट्टराईले बताए ।
[caption id="attachment_13642" align="alignnone" width="850"]
राति करीव १२ बजेबाट झरेको पहिरो पहिलेकै स्थानमा भएको र सो स्थानमा रहेका भत्कन बाँकि घरमा मानिस नभएकाले मानविय क्षति भने नभएको भट्टराईको भनाई छ ।
सडक डिभिजन कार्यालय ईलामको सक्रियतामा तीन दिन अघि मात्र खुलाएको मेचि राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्डको ल्याङ्वा–बहानन्दे क्षेत्रमा पुन पहिरो खसेकाले ताप्लेजुङ देखि पाँचथर हुँदै ईलाम र झापाको बिर्तामोड हुँदै काठमाडौ जाने दर्जनौ यातायातका साधन विच बाटोमानै रोकिएको ताप्लेजुङ बस काउण्टरका ईन्चार्ज जंग सुनुवारले बताए ।